जितपुर सिमराका पूर्वमेयर कृष्ण पौडेल मृत भेटिए – Nagarikabhiyan : National News

जितपुर सिमराका पूर्वमेयर कृष्ण पौडेल मृत भेटिए

बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत अवस्थामा भेटिएका छन्। उनी आफ्नै निवासमा मृत फेला भेटिएका हुन् ।
बिहीबार साँझ जितपुर सिमरा–२ सिमरास्थित आफ्नै निवासमा पौडेल मृत भेटिएको प्रहरीले जनाएको छ । पौडेल घरमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

उनी २०७४ सालमा जितपुर सिमराको प्रमुख निर्वाचित भएका थिए। पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुन्। पौडेलले कांग्रेसका कृष्णव्रत सिंहलाई हराएका थिए । यतिबेला एमाले मधेश प्रदेश समितिको अधिवेशनसमेत चलिरहेको छ ।