दुर्गा प्रसाईँले लिए कालोमोसो दलेको बदला, महेश बस्नेतमाथि प्रसाईँका समर्थकद्वारा गाडी तोडफोड – Nagarikabhiyan : National News

दुर्गा प्रसाईँले लिए कालोमोसो दलेको बदला, महेश बस्नेतमाथि प्रसाईँका समर्थकद्वारा गाडी तोडफोड

काठमाडौं। झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रम बिथोल्न गएका समूहले एमाले नेता कार्यकर्ताको गाडी तोडफोड गरेका छन्।
किरात प्रदेश नाम राख्नुपर्ने भन्दै आएका पहिचानवादी पक्षधर दाबी गर्नेहरू र ‘भाइरल म्यान’ दुर्गा प्रसाईँका कार्यकर्ताले तोडफोड गरेका हुन्।

तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको छ। युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड भएको हो।
बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो। सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड गरिएको हो।