महान्यायाधिवक्ता पोखरेलको जवाफस राष्ट्रपतिले मात्र छानेर रिगललाई माफी दिइएको होइन – Nagarikabhiyan : National News

महान्यायाधिवक्ता पोखरेलको जवाफस राष्ट्रपतिले मात्र छानेर रिगललाई माफी दिइएको होइन

काठमाडौं–महान्यायाधिवक्ता दिनमणि पोखरेलले गुण्डा नाइके रिगल उर्फ ‘योगराज ढकाल’लाई राष्ट्रपतिले मात्र छानेर आममाफी नदिएको बताएका छन्।रिगलको आममाफीविरुद्ध परेको रिटको सुनुवाइमा महान्यायाधिवक्त पोखरेलले सरकारका तर्फबाट बहस गर्दै राष्ट्रपतिले मात्र छानेर रिगललाई आममाफी नदिएको बताए।

सर्वोच्चले उक्त मुद्दामा महान्यायाधिवक्तालाई आफैं उपस्थित हुन आदेश दिएको थियो। बहसका क्रममा पोखरेलले भने, ‘राष्ट्रपतिले मात्र छानेर रिगललाई आममाफी दिनुभएको छैन। ६७० जनाले पाएका थिए।’
यस्तै बहसका क्रममा न्यायाधीश कुमार रेग्मीले ‘राष्ट्रपतिले कैद कट्टी गर्ने अधिकार नियमावलीले मात्र दियो कि संविधानमा छरु’ भनेर प्रश्न गरेका छन्।