अख्तियारको अनुसन्धान कमजोर भयो राजेन्द्र पाण्डे – Nagarikabhiyan : National News

अख्तियारको अनुसन्धान कमजोर भयो राजेन्द्र पाण्डे

काठमाण्डाै –नेकपा एकीकृत समाजवादी का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धान कमजोर भएको दाबी गर्नुभएकाे छ ।

आज बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपाध्यक्ष पाण्डेले यस्ताे दाबी गर्नुभयाे । उहाँले कतिपय ऐन बनाउने सवालमा आयोगलाई दिइएको अधिकारको दुरुपयोग भएको बताउनुभयो । फाइललाई वर्षाैँसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ कि छैन भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय ऐन बनाउने सवालमा आयाेगले पाएको अधिकारलाई दुरुपयोग गरेकाे छ । फाइललाई वर्षाैँसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ कि छैन रातो घरको बेसरी आतङ्क छ । अख्तियारको विस्तृत अनुसन्धान कमजोर छ । त्यसकै लागि विशेषज्ञताकाे विकास गर्ने ढङ्गले लाग्नुपर्छ ।’

उपाध्यक्ष पाण्डेले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा क्षमता वृद्धि हुन आवश्यक रहेकाे पनि बताउनुभयाे ।