दशैंको मुखमा वृद्धाभत्ता समेत रोकिने जोखिम
२४ आश्विन २०८०, बुधबार २१:०९
२४ असोज काठमाडौं-काठमाडौंमा बस्ने राज सहनीको आफ्नो घर रहेको महोत्तरीको एकडारा गाउँपालिकाबाट व्यक्तिगत विवरण र नाता प्रमाणित गर्नुपर्ने थियो । दशैंको छुट्टी सुरु नहुँदै काम गरौं भनेर उनी वडा कार्यालय पुगे । तर, उनको कागजात बनेनन् । ‘यसकै लागि दशैंमा चाँडो घर आएको थिएँ, तर कर्मचारी आन्दोलनमा रहेको भन्दै काम भएन, रोकिएको छ । कर्मचारी भेटिँदैनन् अब न काममा फर्कनु न यहाँ काम हुन्छ सहनी भन्छन् ।
गाउँपालिका र वडा कार्यालय खुलै भए पनि कर्मचारी नहुँदा काम हुन नसकेको गुनासो उनले गरे । स्थानीय तहका कर्मचारीको आन्दोलन देशभर नै भएकोले सेवा प्रवाह हुन नसकेको गाउँपालिकाका सूचना अधिकारी शिवेन्द्र ठाकुर बताउँछन् । यहाँ मात्रै होइन, देशभरका कर्मचारी आन्दोलित छन्, त्यही भएर काम हुन नसकेको हो ठाकुरले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया