कांग्रेस संसदीय दलको बैठक आज
२३ आश्विन २०८०, मंगलवार ०९:५२
सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज ९मङ्गलबार० सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।
कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया