दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गयो – Nagarikabhiyan : National News

दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गयो

दैलेख – दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गएको छ ।

गोरुले हानेर भैरवी गाउँपालिका(३ कुराँहका ५२ वर्षीय रञ्जित कामीको ज्यान गएको हो ।

गोरुले पटक पटक हानेपछि उहाँको घटनास्थलमै ज्यान गएको प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक  डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।