इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोक मृतकका परिवारलाई १० लाख राहत – Nagarikabhiyan : National News

इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोक मृतकका परिवारलाई १० लाख राहत

काठमाण्डाै –इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै बैठकले मृतकका परिवारलाई १०र१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

इजरायलमा गएको शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट इन्टर्नु मा गएकामध्ये १० जना विद्यार्थीको ज्यान गएको थियो ।