बैतडीको मेलौलीमा बलात्कार आरोपमा एकजना पक्राउ – Nagarikabhiyan : National News

बैतडीको मेलौलीमा बलात्कार आरोपमा एकजना पक्राउ

बलात्कारको आरोपमा बैतडीका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलौली नगरपालिका(५ खलिगाडका २८ वर्षीय नरेश जोशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

जोशीमाथि असोज २१ गते बिहान मेलौली(६ को लामाखोला जङ्गल ४५ वर्षीया महिला करणी गरी भागेको आरोप छ। भागेका जोशीलाई आज सोमबार लामालेकबाट पक्राउ गरेको हो।

पक्राउ परेका जोशीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।