जिप दुर्घटनाका घाइते तीन जनालाई हवाईद्वारा उद्धार – Nagarikabhiyan : National News

जिप दुर्घटनाका घाइते तीन जनालाई हवाईद्वारा उद्धार

हुम्लाको सिमकोट गाउँपालिका–५ मा भएको जिप दुर्घटनाका तीन घाइतेलाई हवाई साधनद्वारा उद्धार गरिएको छ ।

हुम्लाको सिमकोटदेखि ठेहेतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनामा घाइते भएका पामा लामा, देवजंग बोहरा र ध्रुव शाहीलाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।