राष्ट्रसंघका महासचिव गुटेरस असोज २६ गते नेपाल आउने
१८ आश्विन २०८०, बिहीबार ०६:२९
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउने भएका छन्। असोज २६ गते आउने गुटेरस तीन दिन नेपालमा रहनेछन्।
गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका भ्रमणमा गएका वेला महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
प्रधानमन्त्री प्रचण्ड ले मङ्गलबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस नेपाल आउन लागेको जानकारी दिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए।
प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिनुभयो उनले भने उहाँले असोज २६ गते नेपाल आउने गरी निम्तो दिनुभयो। पौडेलका अनुसार नेपालको शान्ति प्रक्रियालगायत विविध विषयमा महत्वपूर्ण छलफल हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया