१४ वर्षीय बालक बेपत्ता
१३ आश्विन २०८०, शनिबार १०:११
डोटी-डोटीका १४ वर्षीय बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोटका १४ वर्षीय बालक आयुष कठायत शुक्रबार ३ बजे बाट हराएका हुन् ।
सुजङ्ग स्कूल राजपुरमा कक्षा ८ मा अध्यनरत रमेश कठायतका छोरा आयुष स्कूलबाट घर फर्कीसकेपछि हराएका हुन् । शुक्रबार झोला राजपुर स्थित आफ्नो होटलमा छोडेर गएका उनी शनिबार सम्म घर नफर्किए पछि परिवारले खोजी गरिदिन हुन अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया