एमालेको बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु – Nagarikabhiyan : National News

एमालेको बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ-नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
मतदान केही बेरअघि सुरू भएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलको उम्मेदवारी छ। सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नवराज सिलवालबीच प्रतिस्पर्धा हुँदैछ।
चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएको छ।

एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन्। भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ। ४० वटा भोटिङ मेसिन प्रयोग गरिएको मतपरिणाम साँझसम्म आइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ।