चिनीको मूल्य अध्ययनका लागि समिति गठन
९ आश्विन २०८०, मंगलवार ०७:३०
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरी काम सुरु गरेको छ । पछिल्ला केही दिनयता बजारमा चिनीको भाउ अत्यधिक वृद्धि भएपछि विभागले चिनीको मूल्य अध्ययनका लागि समिति गठन गरेर काम सुरु गरेको हो ।
विभागका महानिर्देशक तीर्थराज चिलवाल चिनीको मूल्य अध्ययन गर्न गठित समितिले काम सुरु गरेकाले यही साताभित्र चिनीको मूल्य वृद्धि कुन तहमा भएको भन्ने कारणसहित आउने जानकारी दिए । उनका अनुसार अध्ययन समितिले अध्ययनका क्रममा चिनीको उत्पादन लागत मूल्य, थोक मूल्य, खुद्रा मूल्यको विश्लेषण गरेर कुन तहमा भाउ महँगिएको हो सबै हेरेर प्रतिवेदन तयार गर्ने छ

फेसबुकबाट तपाईको प्रतिक्रिया