कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला
६ आश्विन २०८०, शनिबार १२:०९
विराटनगर । कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत अबस्ता फेला परेको छ ।
विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
भर्खरै जन्मेको शिशु अस्पतालको शौचालयमा भेटिएको छू उनले जानकारी दिँदै भने कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया