सल्यानमा मृत भेटिएका रेवती र उनको छोरीको हत्या पूर्व प्रेमीले गरेको पुष्टि
५ आश्विन २०८०, शुक्रबार १३:२६
सल्यान-सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा भाद्र ३० गते मृत भेटिएका आमा(छोरीको हत्या भएको पुष्टि भएको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय सल्यानले हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २९ वर्षीय कर्ण बहादुर बस्नेतलाइ पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
प्रेमको इगो साँध्नको लागि अभियुक्तले रेवतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए छन। कर्ण र रेवती बीच करिब ७ वर्ष पहिलेदेखि प्रेम सम्बन्ध रहेको र बीचमा झगडा परेर छुट्टिएपछि इगो साँध्नको लागि हत्या गरेको अभियुक्तले प्रहरीमा बयान दिएको कार्कीले बताएका छन।
फेसबुकबाट भएको चिनजान भयर हत्यासम्म कसरी पुगेत
प्रहरीका अनुसार ७ वर्ष अघि कर्ण र रेवतीको फेसबुक मार्फत चिनजान भएको थियो । त्यसबेला रेवती अविवाहित थिइन् भने कर्णको बिवाह भैसकेको थियो । फेसबुकबाट सुरु भएको उनिहरुको कुराकानी विस्तारै प्रेम र शारिरिक सम्बन्ध हुन सम्म पुग्यो । जसबेला उनिहरुले अश्लील फोटो र भिडियोहरु खिचेर राखेका थिए ।
उनिहरुको प्रेम सम्बन्ध चलिरहेकै बेला २०७५ मा कर्ण रोजगारीका लागि बिदेश दुबई गए । त्यसपछि रेवतीले स्थानीय त्रिवेणी गाउँपालिका वडा नम्बर २ झालेढुंगाका सुकलाल थापासँग विवाह गरिन् ।
रेवतीको विहे भएको विषयलाइ कर्णले ठुलो धोका र इगोको रुपमा लिएको प्रहरी अनुसन्धानमा खुलेको डिएसपी कार्कीले बताए । कर्ण विवाहित भएपनि रेवतीसँग दोस्रो विवाह गर्न चाहेका थिए ।
रेवीतको विवाह भएको २ वर्षपछि फेरि कर्ण र रेवतीबीच फोन तथा फेसबुक लगायतका माध्यामबाट पुनः सम्बन्ध जोडिन पुग्छ ।’ डिएसपी कर्कीले भने, ‘तर पुरानो इगो र शारिरिक सम्बन्धका क्रममा लिइएका अश्लील तस्बिर र भिडियोका कारण मनमुटाब सुरु हुन्छ ।’
मनमुटाबको विषय बढ्दै जाँदा करिब ८ महिना अगाडीबाट कर्णले रेवतीको हत्या गर्ने योजना बुनेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । ४ महिना अगाडी रेवीतको हत्या गर्नकै लागि कर्णले दुबईमा कम्पनीमा बिदा समेत मागेको तर कम्पनीले बिदा नपाएपछि त्यसबेला रोकिएका थिए ।
तर भाद्र २५ गते दुबईबाट बिदा पाएर भाद्र २७ गते कर्ण आफ्नो घर आइपुगे । घरमा २ दिन बसी योजनाबद्ध रुपमा कर्णले भाद्र २९ गते बसमा बसेर श्रीनगर बजारमा गइ पेट्रोल र सलाइ किनेर पैदलमार्फत राती मृतकको गाउँमा पुगेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । श्रीनगरबाट मृतकको गाउँ पुग्न करिब २० किलोमिटरको दुरी छ ।
राती ९ः५० बजे मृतकको घरभित्र पसेर सुरुमा रेवतीको घाँटी कपडाले कसेर लडाएको र त्यसपछि पेट्रोल छर्केर आगो लगाएको अभियुक्तको बयान उदृत गर्दै प्रहरीले जनाएको छ । आगो ओछ्यानमा सल्किन गइ सुतिरहेकी रेवतीकी ९ महिने छोरीको पनि जलेर ज्यान गएको प्रहरीको भनाइ छ ।
कर्णले घटना घटाएर नजिकैको एकजनाको घरमा बास बसी भोलीपल्ट बिहानै आफ्नो घरतर्फ लागेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यारा पत्ता लगाउन विभिन्न खाले तरिकाहरु अपनाएको जनाएको छ ।
हत्या कर्णले नै गरेको भन्ने निष्कर्षमा पुगेपछि मात्रै हिजो सिद्ध कुमाखको ढोरचौरबाट उनलाइ प्रहरीले पक्राउ गरेको हो । घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले पनि यसमा सहयोग गरिरहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया