अमेरिकाले नेपाली सेनालाई दियो र्‍याफ्ट बोट र मिस्ट्रल र्‍याफ्ट – Nagarikabhiyan : National News

अमेरिकाले नेपाली सेनालाई दियो र्‍याफ्ट बोट र मिस्ट्रल र्‍याफ्ट

काठमाडौं- संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई र्‍याफ्ट बोट र मिस्ट्रल र्‍याफ्ट सहयोग गरेको छ। अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप ६ थान र्‍याफ्ट बोट र ४ थान मस्ट्रल र्‍याफ्ट हस्तान्तरण गरेको छ।

मंगलबार गौचरस्थित ब्यारेकमा एक कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकी सैनिक सहचारी एलटिसी जोन म्याट सोभा र ओडिसी चिफ मेजर माइकल पी ह्वाइटले नेपाली सेनाका महासेनानी राजेन्द्रमणि गिरीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।