कोशि प्रदेशमा जितिया पर्वमा सार्वजनिक बिदा दिन माग – Nagarikabhiyan : National News

कोशि प्रदेशमा जितिया पर्वमा सार्वजनिक बिदा दिन माग

विराटनगर । अप्पन विराटगढ परोपकार समाजकी अध्यक्ष बसुन्धरा झाको अध्यक्षतामा कोशी प्रदेशमा भाषा आयोगले सिफारिस गरेको मैथिली भाषा कार्यान्वयन गर्न र प्रदेशमा जितिया पर्वमा सार्वजनिक बिदा दिने सम्बन्धमा ‘ज्ञापन पत्र’ हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । मैथिली सञ्चारकर्मी संघ, महिला जागरण समिति, मातृभाषा संघर्ष समिति, मिथिला टाइम्स, दुखको साथी नेपाल, नेपाल यादव सेवा समिति, नेपाल मारिक डोम सामुदायिक विकास मञ्च, कुर्मी कल्याण समाज नेपाल, नेपाल स्वर्णकारलगायत देशका विभिन्न संघसंस्थाको उपस्थिति रहेको थियो ।

समाज, मैथिली बालचित्रकर्मी संघ माननीय मुख्यमन्त्री उद्धव थापा जी अन्यको उपस्थितिमा बुधवार ज्ञठरण्डरद्दण्द्दघ मा मारिक समुदायका जिल्ला अध्यक्ष बलदेव मरिकको हातबाट मुख्यमन्त्रीलाई ूज्ञापनपत्रू हस्तान्तरण गरिएको थियो। कोशी प्रदेशमा कानुनी अवरोध पार गरी मैथिली भाषालाई लागु गराउन र जितिया पर्वमा देश भरी सार्वजनिक बिदाको घोषणासँगै कक्षा १ देखि ८ सम्म मातृभाषामा शिक्षा दिने व्यवस्था मिलाइनेछ ।

कार्यक्रममा श्री अशोक यादव, वरिष्ठ साहित्यकार श्री शिवनारायण पण्डित, मिथिलाका वरिष्ठ गायक वीरेन्द्र झा, श्री सन्तोष सरकार, श्रीमती जय पोखरेल बस्नेत, लेखक डा रामरिजान यादव, वरिष्ठ पत्रकार श्री नवीन कर्ण, श्री पंकज बर्मा, इन्दरमाया झा, आभा अनुपमा ,सञ्जु यादव, शिक्षक अनुराधा राय, विजय यादव, सपना यादव, श्रीमती पुष्पा राजवंशी, सुमन मण्डल, रतन भगत, पूर्व प्रधानाध्यापक श्री सदानन्द यादव, योगेन्द्र यादव, श्रीमती चम्पादेवी पाल जी, मञ्जु मिश्रा जी, रोजी झा जी, शिला चौधरी जी लगायत तथा विभिन्न संघ संस्थाका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । मुख्यमन्त्रीको कक्षमा अप्पन विराटगढ परोपकार समाजका वरिष्ठ सल्लाहकार राजेश झाले ज्ञापनपत्र पढेर सुनाएका थिए । संस्थाका अध्यक्ष बसुन्धरा झाले कार्यान्वयन नभएसम्म प्रदेशका प्रत्येक टोल शहरमा बृहत अन्तरक्रिया र हस्ताक्षर अभियान जारी रहने बताइन् ।