लागुऔषध सहित १ जना पक्राउ – Nagarikabhiyan : National News

लागुऔषध सहित १ जना पक्राउ

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनबाट लागु औषध सहित एक जनालाई प्रहरीले
पक्राउ गरेको छ ।

प्रहरीले मधुवनको मुंसरी टोलमा प्रहरी चौकी मधुवनबाट खटिइएको गस्ती टोलीले कोशीटप्पु जमुवा
चोक हुदै धरान तर्फ जादै गरेको धरान नगरपालिका १३ सुन्निमा चोकका २३ वर्षिय सिचम्बर राईलाई
पक्राउ गरेको हो ।

प्रहरीले राईलाई शंकालागी चेकजाच गर्ने क्रममा निजको साथबाट कालो प्लाष्टिकमा लुकाई छिपाई ल्याएको लागुऔषध सहित पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

राईको साथबाट लागुु औषध डाईजेपाम १०० एम्पुल, लुपिजेसिक १०० एम्पुल . फेनारगन १०० एम्पुल वरामद
गरिएको सुनसरी प्रहरीले जनाएको छ ।