कञ्चनपुरमा सिमा निरिक्षण गर्न भन्दै आएका एसएसबीलाई स्थानियले लखेटे – Nagarikabhiyan : National News

कञ्चनपुरमा सिमा निरिक्षण गर्न भन्दै आएका एसएसबीलाई स्थानियले लखेटे

काठमाडौ । कञ्चनपुरमा सिमा निरिक्षण गर्न भन्दै भारतवाट आएका सुरक्षाकर्मीलाई नेपालीले लखेटेका छन् । बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मी सिमा निरिक्षणको वशानामा आएका थिए । उनीहरुलाई नेपाली स्थानियले लखेटेका हुन् ।

आइतबार नेपाली पक्षसँग समन्वय नै नगरी भारतीय सिमा सुरक्षा बल एसएसबी सिमानामा आएको थियो । नेपाली सुरक्षाकर्मीसंगको समन्वय विना सिमानामा आएका एसएसबीलाई स्थानियले लेखेटि दिएका छन् । बेलौरी नगरपािलका १० का वडाध्यक्ष हरिलाल चौधरीले घटना पुष्टि गरेका छन् ।

बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको निरिक्षणका लािग नेपालसंग समन्वय नगरी आएका एसएसबीको टोलीलाई स्थानियले लखेटेका हुन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पनि घटना पुष्टि गर्दै नेपाली पक्षसंग समन्वय नगरी आएका कारण उनीहरुले माफी समेत मागेको बताएका छन् । तस्बिर नेपाल खबरवाट