बैदेशिक रोजगारलाई सुरक्षित पार्न अभिमुखिकरण
२२ कार्तिक २०७७, शनिबार २०:५८
इनरुवा । बैदेशिक रोजगारमा जाने युवाहरुलाई रोजगारलाई ब्यवस्थित , मर्यादित र उपलब्धिमूलक बनाउनका लागि सुनसरी सदरमुकाम
इनरुवा ९ बवियामा अभिमुखिकरण गरेको छ।
बैदेशिक रोजगारमा जान तयारी गरेका र बिदेशबाट फर्किएर आएका युवाहरु सहितको सहभागितामा सुरक्षित आप्रावसन परियोजना सामीले
सामुदायिक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
सामुदायिक विकास संस्था सिडिओ सुनसरीको आयोजना र इनरुवा नगरपालिकाको सहयोगमा समुदाय स्तरमा अभिमुखिकरण कार्यक्रम
गरि बैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र ब्यवस्थित बनाउने बिषयमा जानकारी दिएको सामाजिक परिचालन रोशन मण्डलले जानकारी दिए ।
मण्डलका अनुसार परियोजना अन्तरगत संस्थाले भोक्राहा नरसिंह गाउँपालिका सहित इनरुवा नगरक्षेत्रमा समेत समुदायबाट बैदेशिक
रोजगारमा गएका युवाहरुको घरपरिवार र फर्किएर आएका युवा सहित जान लागेका र तयारीमा बसेका समेतलाई अभिमुखिकरण कार्यक्रम
मार्फत सचेतना फैलाउँदै आएका छन् ।

कार्यक्रममा सहभागी उपेन्द्र यादवले आफू दुई पटक बैदेशिक रोजगारमा गएर फर्किदा समेत सीप सिकेर नजाँदा र राम्रो आम्दानी गर्न नपाएको
गुनासो गर्दै अब जानेलाई तालिम लिएर मात्र जान आग्रह गर्नुभयो ।
त्यस्तै सुभान मियाँले बैदेशिक रोजगारलाई मर्यादित र फलदायी बनाउन श्रम गन्तब्य मुलुक जान नेपालकै एयरपोर्ट प्रयोग गर्नुपर्ने , जानुअघि कुन
काममा जाने प्रष्ट भएर जाने त्यसका लागि तालिम र सीप सिकेर मात्रै जाने अवस्था आएको बताउनुभयो ।
कार्यक्रममा साविक बविया गाविस ४ का पूर्व वडाध्यक्ष फनिलाल यादव , नेकपाका स्थानीय नेता बलदेव यादव, नेपाली कांग्रेसका राजेश्वर यादव
सहित ३० भन्दा बढी सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ सदस्य जयकृष्ण यादवले स्वदेशमै रोजगार सिर्जना गर्नुपर्ने र बिदेश जानेपरेमा सीप सिकेर मात्रै पठाउनु
पर्नेमा जोड दिनुभयो ।

यादवले नेपाल सरकारले स्वीकृती दिएको मात्रै देशहरुमा कामका लागि जानुपर्ने र त्यसका लागि सबै प्रक्रिया पुरा गरेर जानुपर्ने तथा नबुझेको कुरा
आवश्यक सल्लाह र परामर्शका लागि स्थानीय अधिकारी तथा परियोजनाको आप्रवासन सूचना केन्द्रमा जान समेत आग्रह गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया