पत्रकार महासंघका महासचिव रमेश विष्टमा कोरोना पुष्टि – Nagarikabhiyan : National News

पत्रकार महासंघका महासचिव रमेश विष्टमा कोरोना पुष्टि

काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोरोना पुष्टि भएको छ । महासंघका सचिव रामप्रसाद दाहालले महासचिव विष्टलाई कोरोना पुष्टि भएको बताए।

सचिव दाहालका अनुसार अहिलेसम्म देशभर ४१५ पत्रकारहरु कोरोना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये हालसम्म ८६ जना उपचाररत रहेका छन् ।

कोरोना संक्रमणबाट हालसम्म पाँच जना पत्रकारको मृत्यु भएको छ ।