स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनरुवा । अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) बिराटनगर प्रदेश कार्यालयद्वारा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम कात्तिक २१ गते समपन्न गरिएको छ ।

मानव अधिकार संरक्षण र सम्वर्द्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तरगत सम्पन्न गरिएको उक्त कार्यक्रममा गाउँपालिकाले आर्थिक वर्ष ०७७।०७८ को नीति तथा कार्यक्रम र गत आर्थिक वर्षमा सम्पन्न भएको क्रियाकलापहरू बारे छलफल भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी मेहताले स्वास्थयका लागि गाउँपालिकाले आफ्नो श्रोत साधनले भ्याए सम्म राम्रो काम गरेको बताउनु भयो ।
मेहताले मानव अधिकार र स्वास्थ अधिकार नागरिकको मौलिक हक भएकाले त्यसको कार्यन्वयन गर्न लागि परेको बताउनुभयो ।

गाउँपालिकामा नागरिकको स्वास्थय अधिकारलाई परिपूर्ति गर्न ८ वटा वडामा स्वास्थय संस्था संचालनमा ल्याएको, सबै वडाका नागरिकले स्वास्य सेवा पहुँच गर्नका लागि पहल भएको उहाँले बताउनुभयो ।

मेहताले आफुहरुको योजना र कार्यक्रममा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गइरहेकाको र थप प्रभावकारी गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेपाली कांग्रसका प्रतिनिधि युवराज दाहालले स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी बनाउन गाउँपालिकाले समेत बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । दाहाललले स्वास्थ्य संस्थाका कर्मचारीहरुले आफनो जिम्मेवारी पूर्ण रुपमा बहन गर्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश १ सदस्य मनोज यादवले स्वास्थ्य चौकीमा पर्याप्त औषधी पठाउनुपर्ने , बिरामीहरुलाई मिठासपूर्ण ब्यवहार गर्नुपर्ने, स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने अवश्यकता औल्याउनुभयो ।

नेकपाका भोक्राहा नरसिंह गाउँ कमिटि सचिव रामकुमार मेहताले मानव अधिकार भित्र स्वास्थ्य मौलिक अधिकार रहेको जानकारी गराउँदै लागुऔषधी, यसको वेफाइदा र दण्ड सजाय सम्बन्धी प्रष्ट पार्नुभएको थियो ।

उहाँले अन्य विविध कारणले पनि नागरिक स्वास्थ्यमाथि समस्या भएको र समस्या समाधान गर्न तर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख आमल अन्सारीले स्वास्थ्य संस्थामा माग अनुसारको औषधी नभएपनि अहिलेको अवस्थामा आठवटै वडामा औषधी अभाव नरहेको बताउनुभयो । आलमले आठवटै वडामा स्वास्थ्य संस्था तथा स्वास्थय चौकी स्थापना रहेको र गाउँपालिकाले तय गरेको नीति र स्वास्थ कार्यक्रम तथा बजेट बिनियोजन सम्बन्धी जानकारी गराउनुभयो । वहाँले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष सहित कार्यपालिकाले ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । वहाँले स्वास्थ्य चौकीहरुलाई माग अनुसारको औषधी तथा उपकरणका लागि वार्षिक ८६ लाख बजेट आवश्यक पर्नेमा हाल संघीय सरकारको ८ लाख ५० हजार र स्थानीय सरकारको २५ लाख गरी ३३ लाख ५० हजार मात्रै बजेटले काम गरिरहेको गुनासो समेत गर्नुभयो । जिल्लाबाट औषधी ल्याउन ढुवानीको समस्या रहेको समेत गुनासो गर्नुभयो ।

आलमले स्वास्थ्यका लागि दरबन्दी सिर्जना गर्नुपर्ने ,बजेट बढाउनुपर्ने, समन्वय बढाउनुपर्ने बजेट कार्वान्वयन गर्न स्वास्थ्य संस्थालाई समेत भूमिका दिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा ७ नम्बर वडाध्यक्ष रामचन्द्र यादवले स्वास्थ्य संस्थाले राम्रो सेवा दिएको बताउनुभयो । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका ४ नम्बर वडाध्यक्ष हारुण अन्सारी, ५ नम्बर वडाध्यक्ष बसिरमुद्धिन मंसुरी, ८ नम्बर वडाध्यक्ष हातिम अन्सारी, मानव अधिकारकर्र्मी सञ्जाल सुनसरीका अध्यक्ष रमेश भट्टराई, मानव अधिकार समुह सचिव दिपेन्द्र यादव सहितकाले स्वास्थ्यको अधिकारबारे बोल्नुभएको थियो । कार्यक्रममा सम्पादक बिनय प्रसाद यादव, मानव अधिकार समुहका रन्जित कुमार राम, द्धोय सुरेन्द्र मेहता, विद्यार्थी नेता पार्वती साह, खुश्बु साह, उषा साह, कार्यपालिका सदस्य रुपा देवी साह, पिंकी मेहता, रेणु मण्डल, दिपक साह, अनिता मेहता, अनिल मेहता, सरेन्द्र कुशवाहा, रविन राय लगायतका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

मानव अधिकार समूह संयोजक शोभा कुमारी मेहताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ३२ जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सहजकर्ता जयकृष्ण यादवले गर्नुभएको थियो ।