प्रधानमन्त्री ओलीद्वारा न्यूजल्याण्डकी प्रधानमन्त्रीलाई बधाई – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओलीद्वारा न्यूजल्याण्डकी प्रधानमन्त्रीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजल्याण्डको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएकोमा जासिन्डा अरर्डेनलाई बधाई दिएका छन् ।

आज प्रधानमन्त्री ओलीले एक सन्देश पठाउँदै उनलाई बधाई दिएका हुन् । सन्देशमा ओलीले सफल कार्यकालको लागि बधाई दिएका छन् भने आगामी दिनमा नेपाल र न्यूजल्याण्डबीचको सम्बन्ध थप मजबुत हुने विश्वाससमेत व्यक्त गरेका छन् ।