भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि प्रदान – Nagarikabhiyan : National News

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित समारोहमा भारतीय सेनाध्यक्ष नरवणेलाई राष्ट्रपति भण्डारीले मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।

नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ ।

तीन दिने नेपाल भ्रमणको लागि बुधबार भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आएका थिए ।

Image