१० लाख घुससहित इन्जिनियर पक्रा
२० कार्तिक २०७७, बिहीबार १७:२३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख घुससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौडा-भरतपुर-बर्दघाट आयोजना प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई आयोगले नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग मागेको १० लाख घुससहित अख्तियारले जैसवाललाई नियन्त्रणमा लिएको छ । जैसवाल सो आयोजनाका प्रमुख इन्जिनियर हुन् । उनी हेटौंडा उपमहानगरपालिका १० बाट पक्राउ परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया