धावक कार्कीले ललितपुरदेखि जनकपुरसम्म दौड्ने
२० कार्तिक २०७७, बिहीबार १५:२५
काठमाडौं। धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्म दौड्ने भएका छन् ।
उनले पुस १ गते ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरस्थित कार्की टोलबाट दौड यात्रा प्रारम्भ गर्ने जानकारी दिए ।
उनले त्यहाँ आफैले बनाएको हनुमान मन्दिरबाट दौड सुरु गर्ने र ‘मदिरा मुक्त समाज’ नारा दिइएको दौड जनकपुरको रामजानकी मन्दिर पुगेपछि टुंगिने छ । करिब २ सय २५ किलोमिटर दूरी ३ दिनमा तय गर्ने कार्कीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया