भोक्राहा नरसिंह गाउँपालिकाका पशु सेवा शाखा प्रमुखले किसानहरुसँग रकम असुली गरेको आरोप
१९ कार्तिक २०७७, बुधबार २१:४५
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत रहेका पशु सेवा शाखा नरसिंहका
प्रमुख अब्दुल कैयुम अंसारीले सेवाग्राहीहरुलाई सेवा नदिई घरमै बस्ने गरेको आरोप लागेको छ ।
भने कार्यालय समयमा आफ्ना घरका विभिन्न काम काज गरी सरकारी सेवा सुविधा लिएर दुरुपयोग
गरेको स्थानीयहरुको आरोप छ ।
पशु सेवा शाखा नरसिंहका प्रमुख अब्दुल कैयुम माथी विभिन्न आरोप लागेपनि उनी कार्यालय
नआएकाले सोमबार भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष रामचन्द्र यादवले
तालाबन्दी गरेको बताए ।
वडाध्यक्ष यादवकाअनुसार भोक्राहा नरसिंह गाउँपालिकाले नरसिंहका ५, ६ ,७ र ८ नम्बर वडाका
पशु पालन कृषकहरुलाई सहज सेवा दिनका लागी उनलाई असार १८ गते नै पशु सेवा नरसिंहका
प्रमुखको रुपमा पठाएपछि उनी हाल सम्म कार्यालय नआएको वडाध्यक्ष यादव बताउँछन् ।
पशु सेवा शाखा नरसिंहका प्रमुख अब्दुल कैयुम छैठौँ तहका कर्मचारी हुन् ।
उनले भने पशु कृषकहरुको पशुको कृत्रिम गर्भाधान गरे वापत सेवा शुल्क वापत ५ सय रुपैँया
लिने गरेको बताए ।
विगतका दिनहरुलाई हेर्दा अब्दुल कैयुमले कार्यालयमा नबस्ने कार्यालय समयमा कोशी गाउँपालिका,
हरिनगर गाउँपालिका, बराहक्षेत्र नगरपालिकामा घुमेर पशुको कृत्रिम गर्भाधान सेवा लिनेहरुसँग ५
सय असुली गर्ने गरेको स्थानीयहरुले बताएपनि यस विषयमा उनलाई फोन सम्पर्क गरी सोध्दा उनी
आफैँले सेवा शुल्क बापत ५ सय सम्म दिने गरेको स्वीकार गरेका छन् ।
यता पशु किसान बालेश्वर यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिकाले नरसिंहका किसानहरुलाई
सहज सेवा , सुविधा दिन उनलाई पठाएपनि उनी विभिन्न सेवाग्राहीहरु सँग रकम मागेको प्रमाणहरु
जनशताब्द्धी दैनिक सँग सुरक्षित रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया