पूर्वसभामुख महराले गरे पत्नी सीताको अन्तिम बिदाइ – Nagarikabhiyan : National News

पूर्वसभामुख महराले गरे पत्नी सीताको अन्तिम बिदाइ

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले पत्नी सीताको अन्तिम बिदाइ गरेका छन् ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएकी पत्नी सीतालाई अन्तिम बिदाइ दिन महरा आर्यघाट पुगेका हुन् ।

१० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि यही कात्तिक १४ गते थप उपचारका लागि दाङबाट काठमाडौं ल्याइएको थियो ।

दशैँमा पुर्ख्यौली घर रोल्पा मेवाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई यही कात्तिक १३ गते दाङमा रहेको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनमा कोरोना पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वसभामुख पत्नी महरा ५९ वर्षकी थिइन् ।

उनको पूर्वसभामुख महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।