नवजात शिशुलाई उद्धार, अस्पतालमा उपचार हुदै – Nagarikabhiyan : National News

नवजात शिशुलाई उद्धार, अस्पतालमा उपचार हुदै

अरुण कुमार यादव
रासस,समाचारदाता

जिल्ला कार्यालय,राजविराज,सप्तरी

राजविराज । वेवारिसे अवस्थामा फालिएको एक नवजात शिशुलाई सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट उद्धार गरि अस्पतामा भर्ना गरिएको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडा र गोविन्दपुर गाउँको बीचमा रहेको नहरको मुनी भर्खरै जन्मिएको शिशु जीवितै फेला परेपछि तत्काले उद्धार गरि उनलाई उपचारको लागि अस्पताल पठाइएको वडा अध्यछ दिपेन्द्र यादवले जानकारी दिनुभयो ।

पुल मुनी फालिएको उक्त नवजात शिशुको शरिर भरि रातो धमिला र कमीलाले खाइरहेको अवस्थामा नवजात शिशु वेवारिसे भेटिएको वडा अध्यक्ष यादवले बताउनुभयो ।

शिशुलाई खेतमा घास काटने स्थानीयवासी महिलाहरुले देखेपछि गाउँलेहरुलाई खवर गरेका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय सखडाका प्रहरी र जनप्रतिनिधि वडा अध्यक्ष दिपेन्द्र यादवसहितकाले पुगेर उक्त शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी सखडामा उपचारका लागि भर्ना गराएको स्थानियबासी संजय मण्डलले जानकारी दिनुभयो ।

नवजात शिशुको शरीरभरी रातो कमिलाहरुले टोक्दै गरेको अवस्थामा स्वास्थ्य चौकी ल्याइएको शिशुलाई प्राथमिक स्वास्थ्य जाँच र उपचार गरिएको स्वास्थ्य चौकी सखडाले जनाएको छ ।

तर यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शिशुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ । अहिले सो अस्पतालमा उपचार भइरहेको वडा अध्यक्ष यादवको भनाई छ ।

यता शिशु फालिने आमा बुवाको भने प्रहरीले खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वेवारिसे अवस्थामा फालिएको नवजात शिशु हिजो साँझ तिर फेला परेको जनाइएको छ ।