महिलाको मृत्यु – Nagarikabhiyan : National News

महिलाको मृत्यु

इनरुवा । उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएकी इनरुवाकी एक महिलाको आज मृत्यु भएको छ ।
मुटुमा समस्या देखिएपछि नियमित चेकजाँचको क्रममा महिलालाई कात्तिक १४ गते अस्पताल भर्ना गरिएको थियो । सो क्रममा संक्रमण पुष्टि भएयता उनी विराट मेडिकल कलेजमा उपचाररत थिइन् ।
उपचाररत अवस्थामा ४५ वर्षिया महिलाको आज मृत्यु भएको स्वास्थ्य शाखा इनरुवाले पुष्टि गरेको छ । मृतक महिला सुनचाँदी व्यवसायीको श्रीमती भएको बताइएको छ ।