रुखले किचेर इलाममा एक जनाको मृत्यु – Nagarikabhiyan : National News

रुखले किचेर इलाममा एक जनाको मृत्यु

विराटनगर । इलाममा रुखले किचेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएक छन् । जिल्लाको माई नगरपालिका–१० लुम्बाकमा रुख काट्ने क्रममा ढलेको रुखले किचेर महोत्तरीको बर्दिबासका २८ वर्षीय हेमराज भुजेलको मृत्यु भएको हो ।

उनको उपचारको लागि बिएण्डसि अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मोरङ पथरी शनिश्चरेका २२ बर्षीय विज्ञान मगरको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।