लागूऔषधसहित औषधी व्यवसायी समेत चार जना पक्राउ – Nagarikabhiyan : National News

लागूऔषधसहित औषधी व्यवसायी समेत चार जना पक्राउ

राजविराज  । सप्तरी प्रहरीले चार दिनको अवधिमा बिभिन्न ठाउँबाट लागुऔषधसहित औषधी व्यवसायी समेत चार जनालाई पक्राउ गर्न सफल भएका छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो पटक जिल्लाको सुरुङ्गगा नगरपालिका–४ मधुपट्टीका १९ वर्षीय नितेसकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।

कालो प्लास्टिक झोला भित्र लागूऔषध राखेर पैदल यात्रा गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पासवानले बताउनुभयो ।

चौधरीको झोलाबाट ४५ थान नाईट्राभेट ट्याब्लेट, १० एम्पुल डिजीक्लाब, १० एम्पुल नूफिन, १० एम्पुल फेनार्गन बरामद गरिएको छ ।

त्यस्तै चेकजाँचकै क्रममा बोदेबर्साईन नगरपालिका–३ कुशमहारका ३१ वर्षीय नितेशकुमार मण्डल र सोही ठाउँका ३२ वर्षीय सियाराम मण्डलको साथबाट समेत लागुऔषध बरामद प्रहरीले जनाएको छ ।

स ११ प ८२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडी सवार सियारामले बोकेको झोलाबाट ८९४ थान नाईट्राभेट ट्याब्लेट बरामद भएको थियो ।

यस्तै बोदेबरसाईन नगरपालिका १० खडकपुरका औषधी व्यवसायी ३७ वर्षीय रंजितकुमार यादव पनि पक्राउ परेका छन् ।

यादवले नै नयाँ चौकमा सञ्चालन गरेको कुखुरा फारमबाट डाईलेक्स डिसी सिरप ३५ बोतल, नाईट्रोभेट ट्याब्लेट ७० वटा, नफीङ्ग इन्जेक्सन दुई वटा, डाईजेलप इन्जेक्सन सात वटा, स्पास्मो प्रोभोल ट्याब्लेट १४४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतको विहार राज्यसँग सिमाना जोडिएको सप्तरी जिल्लामा ७८ किलोमिटरको खुला सिमाना रहेको छ । सप्तरीबाट भारत प्रवेश गर्न दर्जनौ नाकाहरु छन् ।

सोही कारणले ति नाकाहरुमा लागुऔषध औषसरपोसार हुने गरेको प्रहरीको भनाई छ ।