सेयर बजार हरियाली – Nagarikabhiyan : National News

सेयर बजार हरियाली

विराटनगर । आज मंगलबार सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले बढेको छ । नेप्से मंगलबार ७६ दशमलव ६४ अङ्कले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ ।

सबै समूहको सेयर बढेर बजार हरियाली भएकोमा मंगलबार माइक्रोफाइनान्स, जलविद्युत, विकास बैंक र बीमा समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ६० वटा कम्पनीका ९३ लाख ३३ हजार कित्ता सेयर तीन अर्ब ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंक बैंकको १२ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भयो । मंगलबार वरुण हाइड्रो, खानीखोला हाइड्रो, राधी जलविद्युत कम्पनी, रिडी पावर कम्पनी र आदर्श लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । मंगलबार नौ वटा म्युचल फन्डको सेयर सामान्य घटेको छ भने बाँकी सबै कम्पनीको सेयर बढेको छ ।