मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
२३ माघ २०७९, सोमबार १७:४५
विराटनगर । इटहरी उप–महानगरपालिका–४ स्थित कासशी लोकमार्गमा मोटरसाइलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । संखुवासभा आखिभुई घर भई हाल ईटहरी–२ हलगडा बस्दै आएका २७ बर्षीय सरोज कार्कीको मृत्यु भएको हो ।
आइतबार साँझ साढे ७ बजे धरानबाट ईटहरी तर्फ आउँदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा कार्की घाइते भएका थिए ।
घाइते भएका उनको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक संखुवासभा धर्मदेविका ३० बर्षीय प्रेम शेर्पा फरार छन् । उनको खोजिकार्य भइरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया