आलोपालो मुख्यमन्त्री बन्नु पर्ने कर्णालीमा एमालेको शर्त
२७ पुष २०७९, बुधबार १६:३३
काठमाडौँ। नेकपा एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने शर्त राखेको छ । सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार कर्णाली प्रदेशमा ५ वर्ष नै माओवादीको मुख्यमन्त्री हुने सहमति छ।
प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वको निर्णयप्रति नेकपा एमाले प्रदेश कमिटी सन्तुष्ट छैन।
नेकपा माओवादी केन्द्र र एमालेका नेताहरु एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका छन्। तर अझै सहमति भने जुट्न सकेको छैन्।
प्रदेश सरकारको नेतृत्व एमालेले पनि गर्न पाउनुपर्ने शर्तसहित अघि बढ्ने अडान रहेको एमालेका एक नेताले बताए ।
प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका छन्।
माओवादी केन्द्रका नेताहरूका अनुसार एमालेसँग संवाद गरेर सहमित जुटाइ निर्धारित समयभित्रै दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया