विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ
२० पुष २०७९, बुधबार ०८:४३
विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का १९ वर्षीय राहुल महतो छन् ।
गत मंसिर २१ ग्ते साँझ सवा सात बजेतिर विराटनगर–९ स्थित ग्रिनक्रस अस्पताल पछाडीबाट को ७ प २४०३ नम्बरको मोटरसाईकल चोरी भएको थियो । महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा चोरीको मोटरसाईकल सहित पक्राउ गरेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया