मंगलबारदेखि खुल्दै मोटसाइकल कार्यालय – Nagarikabhiyan : National News

मंगलबारदेखि खुल्दै मोटसाइकल कार्यालय

काठमाडौं । यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगलले कात्तिक १८ गतेदेखि कार्यलय खुला गर्ने भएको छ। मंगलबारदेखि सवारी दर्ता प्रमाणपत्र नवीकरण र सवारी साधनको नामसारीको सेवा दिने जनाएको हो।

कार्यालयले केही समयका लागि सीमित सेवा मात्र दिन सूचना जारी गरी जानकारी दिएको छ।कार्यालयले जोर गते जोर नम्बरका मोटरसाइकल र बिजोर गते बिजोर नम्बर प्लटेका मोटरसाइकलको ब्लुबुक नवीकरण गर्नेछ।

त्यस्तै प्रत्येक फाँटबाट १० वटा नामसारी हुने गरी प्रत्येक दिन कुल ६० वटा टोकन वितरण हुने र टोकन लिएका सवारीसधनीहरुको मात्र उक्त दिन नामसारी हुने सूचनामा उल्लेख छ।