दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु – Nagarikabhiyan : National News

दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

सुर्खेत । पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका(३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हो ।

कर्णाली( कोटाछाल( दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

‘सोमबार बेलुका उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । दुई बालबालिकाको मृत्यु भएको पुष्टि भएछ,’ उनले भने ।