भृकुटीमण्डपको आगलागीस्थलमा पुगे बालेन साह – Nagarikabhiyan : National News

भृकुटीमण्डपको आगलागीस्थलमा पुगे बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागीस्थलमा पुगेका छन् ।

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ ।

आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।