कोशी टप्पु वन्यजन्तु आरक्षका नौ जना कर्मचारीमा कोरोना संक्रमण – Nagarikabhiyan : National News

कोशी टप्पु वन्यजन्तु आरक्षका नौ जना कर्मचारीमा कोरोना संक्रमण

लौकही ।  प्रदेश १ सुनसरीको मुख्य पर्यटकीय क्षेत्रको रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षका ९ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयमा कार्यरत रहेको १५ जना कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो जसमध्ये नौजनाको कोरोना पोजिटिभ रिपोर्ट आएको हो।

संक्रमित भएका नौ जनालाई आफ्नै कार्यालयको आइसोलेसनमा राखेर उपचार भइरहेको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरीका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बताएका छ्न।

उनले भने कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र अति आवश्यक काम बाहेक कोहि न आइदिनु हुन सबैलाई आग्रह समेत गरेको छ । चौधरीका अनुसार आगामी १५ गते सम्मका लागि अति आवश्यक काम बाहेक सबै सेबा बन्द रहेको समेत जानकारी गराएको छ र यस कार्यालयबाट जनतामा पर्ने असुविधा प्रती दुखी व्यक्त समेत गर्नु भएको हो।