इटहरी क्वारेण्टाइनमा रहेका ५८ जना सवैजनाको आरडिटि परीक्षण, रिर्पोट नेगेटिभ – Nagarikabhiyan : National News

इटहरी क्वारेण्टाइनमा रहेका ५८ जना सवैजनाको आरडिटि परीक्षण, रिर्पोट नेगेटिभ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका स्थित जनता क्याम्पस इटहरीमा रहेको क्वारेण्टाइनमा रहेका सवैजनाको आरडिटि परीक्षण गरिएको छ । त्यहाँ रहेका सवै ५८ जनामा आरडिटि टेष्टको रिर्पोट नेगेटिभ रहेको इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिनुभयो ।

जनता क्यामपस इटहरीमा रहेको क्वारेण्टाइनमा ३६ जना भारतीय,१५ जना नेपाली र ७ जना नेपाली नागरिक छन । जनता क्यामपसमा इटहरी उपमहानगरले सय वेडको क्वारेण्टाइन वनाएको हो । इटहरी अस्पतालमा आरडिटि परीक्षण गरिदै आएको छ ।

उता विदेशबाट फर्किएका वराहक्षेत्र नगरभित्र आरडिटी किटबाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । सोमबारसम्म २० जनाको कोरोना भाइरसको आरडीटी परीक्षण गरिसकिएको छ । वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार २० जनाको कोरोना भाइरसको आरडीटी परीक्षण गरेको छ ।

भारत तथा नेपालका बिभिन्न जिल्लाबाट आएका नगरबासीहरुको परीक्षण गरिएको हो । वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार २० जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

थप कीट उपलब्ध भएपछि देशका विभिन्न जिल्लाबाट वराहक्षेत्र प्रवेश  गरेकाहरुको पनि परीक्षण गरिने स्वास्थ्य शाखाकी प्रमुख सुलोचना चौधरीले बताउनुभयो । विगत दुई महिना यता विदेशबाट आएका नगरबासीहरुले अनिवार्य रुपमा आरडीटी परीक्षण गराउन नगर प्रमुख निलम खनालले नगरबासीहरुसंग अनुरोध गर्नुभयो ।