विज्ञान प्रतिष्ठानद्धारा कोरोना उपचार खर्चको मापदण्ड तयार
७ कार्तिक २०७७, शुक्रबार १५:२६
इनरुवा । नेपाल सरकारले कात्तिक २ गतेदेखि कोरोना संक्रमितले स्वयम् परीक्षण र उपचार खर्च गर्नुपर्ने प्रावधान अनुसार विपन्न तथा अपाङ्गको हकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मापदण्ड तयार गरेको छ ।
सरकारले विपन्न तथा अपाङ्ग, असहायको उपचार तथा परीक्षण निःशुल्क गर्ने जानकारी गराएको थियो । सोही अनुसार बीपी प्रतिष्ठानले विपन्न, असहाय र अपाङ्गको हकमा मापदण्ड बनाउँदै कोरोना संक्रमितहरूको परीक्षण तथा स्वास्थ्य उपचार निःशुल्क गरिदिने भएको हो ।
बीपी प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, ज्येष्ठ नागरिक ७० वर्ष पूरा भएको प्रमाणित नागरिकता र प्रतिष्ठानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, नर्सलगायतलाई निःशुल्क परीक्षण गरिने विज्ञप्तिमार्फत जनाइएको छ । माथिका सबै नागरिकहरूले प्रमाण पत्र पेश गर्नुपर्ने वा स्वमय् घोषणा गरेको हुनुपर्ने प्रावधान रहेको छ ।
धरानको फरक प्रसंगमा बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको हाताबाट मोटरसाइकल चोरी गरेर लादै गर्दा मोटरसाइकल सहित १ जना पक्राउ परेका छन् भने अर्का १ जना फरार भएका छन् ।
को २५ प ३५५६ नम्बरको मोटर साइकल चोरी गरेर लादै गर्दा प्रतिष्ठानको सुरक्षाको खटिएका सुरक्षा गार्डले मोटरसाइकलसहित चतरा घर बताउने वर्ष २५ का हरि प्रसाद निरौलालाइ नियन्त्रणमा लिएको छ ।
धरान १७ का २३ वर्षीय लक्ष्मण खनाको १५० सीसीको कालो रङ्गको पल्सर प्रतिष्ठानको गाइनो पोइङ्ग अगाडी पार्क गरी राखेको अवस्थामा चोरी गरि लादै गर्दा नियन्त्रणमा लिइएको थियो । लियन्त्रणमा लिने क्रममा चोरीमा संलग्न फरार रहेका १६ वर्षीय सुदिप दाहाल रहको बताइएको छ । पक्राउ परेका निरौलालाई इलाका प्रहरी कार्यालय धरानलाई जिम्मा लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया