चतरामा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

चतरामा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

सुनसरीको बराहक्षेत्र नगरपालिका २ चतराको औलिया माध्यमिक विद्यालयमा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । प्लान नेपालको सहयोग तथा ग्रामिण समाज उत्थान केन्द्र(आरएसडी) सुनसरीको आयोजना र बराहक्षेत्र नगरपालिकाको समन्वयमा लैगिंक रुपान्तरणमुखी समाबेशी शिक्षा सिकाई परियोजना अन्तरगत सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको हो । परियोजना अन्तरगतका कार्यक्रमको प्रभावकारीता तथा त्यसको लाभका बारेमा सरोकारबालाहरुको बीचमा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको आरएसडीसिका विरेन्द्र सुतिहारले जानकारी दिनुभयो ।
सुतिहारका अनुसार संस्थाले आ.ब २०७८÷०७९ मा प्लान नेपालको सहयोग तथा ग्रामिण समाज उत्थान केन्द्र(आरएसडी) सुनसरीको आयोजना र बराहक्षेत्र नगरपालिकाको समन्वयमा लैगिंक रुपान्तरणमुखी समाबेशी शिक्षा सिकाई परियोजना अन्तरगत औलिया माविमा स्टीम ल्याव निर्माण, कक्षा संचालनका लागि विद्यालय छन मर्मत सम्भार र स्टीम ल्याव सम्बन्धी तालिम सहितका कार्यक्रम सम्पन्न गरिएको छ । सोही प्रगति विवरण समेत सार्वजनिक गर्दै सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको सुतिहारले बताउनुभयो । कार्यक्रममा स्थानीय प्रतिनिधिहरु, सामुदायिक संस्थाका सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षकहरु तथा विद्यालयका शिक्षक प्रतिनिधीहरु, बाल क्लबमा पदाधिकारीहरु, बालसंरक्षण समितिका पदाधिकारी, स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो । संस्थाले आफूले गरेको कामको सामाजिक रुपमा विद्यालयमा संचालन गरेको काम उदाहरणीय रहेको र आगामी दिनमा यस्तो कामलाई निरन्तरता दिन औलिया माविका प्रधानाध्यापक कमल प्रसाद भण्डारीले सुझाव दिनुभयो । भण्डारीले संस्थालाई सामाजिक जिम्मेवारीका साथ कार्य गर्न सुझाव दिनुभएको थियो । पत्रकार तथा सामाजिक अभियन्ता जयकृष्ण यादवको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा संस्थाले सम्पन्न गरेका गतिविधि तथा आर्थिक विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा उठेका सवालहरुलाई आरएसडीसिका विरेन्द्र स्वर्णकार, सामाजिक परिचालक कोपीला चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार नाथ श्रेष्ठले जवाफ र प्रतिकृया सहित स्पष्ट पार्नु भएको थियो । सामाजिक लेखाजोखा संस्थाले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता, बिश्वसनियता, संस्थाले बर्ष भरि गरेका गतिविधीहरुको सार्वजनिकिकरण गर्न र संस्थामा सुशासन स्थापित गर्न गरिएको आयोजक संस्थाले जनाएको छ । संस्थाका कार्यक्रम, सामग्री र तालिम बालबालिकाहरु, शिक्षक र सरकोरबालाहरुका लागि पनि उपयोगी भएको शिक्षक शंकर गुरागाईले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी विद्यालय व्यवस्थापन समितिका सदस्य चम्पा राईले सामाजिक लेखाजोखामा सरोकारवालाहरुले दिएको सुझावलाई आगामी वर्षको कार्यक्रम बनाउने क्रममा समावेश गर्दै लान संस्थालाई सुझाव दिनुभयो । कार्यक्रममा बाल समूहका प्रदिप भण्डारीले सामग्री चलाउनका लागि दक्ष बनाउने गरि तालिम दिनुपर्ने, महिनाबारी भएको समयमा आराम कक्षको व्यवस्थापन थप प्रभावकारी र उपयोगी हुुनुपर्ने सुझाव दिनुभयो ।