कोरोना बिमा गरेका व्यक्ति संक्रमित भए परीक्षण र उपचार खर्च सरकारले नव्यहोर्ने
२८ आश्विन २०७७, बुधबार १८:४६
काठमाडौं । सरकारले कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए कोरोना परीक्षण शुल्क र उपचार खर्च नब्यहोर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्ट लाइनमा खटिने स्वास्थयकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र शुल्क र उपचार खर्च निःशुल्क गर्ने जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले कोभिड १९ निर्देशिकामा पाँचौँ संशोधन गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया