उपप्रमुखको जन्मदिन कोरोना संक्रमितहरुसँग
२७ आश्विन २०७७, मंगलवार १८:३४
इनरुवा । सुनसरीको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले आफनो जन्म दिन इटहरी आइसोलेसनमा रहेका संक्रमितहरुसँग मनाउनुभएको छ । इटहरी अस्पतालका इमरजेन्सी प्रमुख रामकुमार धमला सहित आइसोलेसन जानुभएकी उपप्रमुख गौतमले आइसोलेसनमा रहेका ५३ जना संक्रमितहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
आइसोलेसनमा खटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले निशेधित क्षेत्र वाहिरैवाट संक्रमितहरुसँग अन्तरक्रिया गर्नुभएको छ । आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहनुभएका नितेश गौतमले भन्नुभयो “उपमेयरले आइसोलेसनमा वस्दा राम्रो भएको भए अरुलाई भन्नुहोस गाहो अप्ठयारो समस्या केहि भए भन्नुहोस भन्नुभयो ? हामीले आफना कुरा राख्यौ । ”संक्रमितहरुले राखेका स्वास्थ्य सम्वन्धि जिज्ञासाको रामकुमार धमलाले जवाफ दिनुभयो ।
इटहरी ५ का राजन चौलागाँईले भन्नुभयो “उपमेयरको जन्मदिनका अवसरमा फलफूल सहित शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ,हामीले उहाँलाई शुभकामना दियौ,केही वेर नाँचगान पनि भयो,रमाइलो भयो ।” स्वास्थ्यकर्मी सहित पुगेर आफना समस्या सुनिदिनुभएकोमा संक्रमितहरुले खुशि ब्यक्त गरेका छन । उपमेयर गौतमले छिटटै कोरानामुक्त वनेर आ आफनो ठाँउमा सचेतना फैलाउन आग्रह गर्नुभएको छ । आफूले संक्रमितहरुका समस्याका वारेमा उहाँहरुवाटै जानकारी लिएको उपमेयर गौतमले वताउनुभयो ।
महिलाका छुटटै कुनै समस्या भए आफूलाई फोन गरेर वताउन भनेको उपमेयर गौतमले जनाउनुभयो । उपमेयर गौतमले गतवर्ष इटहरी २स्थित निर्माणाधिन सेफहाउस परिसरमा कागतीका विरुवा रोपेर जन्मदिन मनाउनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया