सीमा क्षेत्रमा पनि कालोपत्रे
२७ आश्विन २०७७, मंगलवार १८:३०
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा बहुवर्षिय योजना अन्र्तगत सीमा क्षेत्रका बाटोहरु कालोपत्रे हुने क्रम जारी रहेको गाउँपालिका अध्यक्ष गफार अन्सारीले बताउनुभएको छ । बन्दाबन्दीको बीचमा पनि आफुहरु पालिकामा विकासको कामले निरन्तरता पाएको बताउनुहुँदै वहुवर्षिय योजना अन्र्तगत कालोपत्रे कार्य भइरहेको अन्सारीले बताउनुभयो ।
गाउँपालिकाको २३ किलोमिटर बाटोमा कालोपत्रे गर्ने योजना कार्य आधा भन्दाबढी कालोपत्रे सम्पन्न भएको छ भने हालै मात्रै हरिनगर गाउँपालिका ५ बसन्तपुर हुदैं कबिरस्तान , अर्नामा र घुस्की ६ सम्मको चार किलोमिटरमा कालोपत्रे गरिएको अन्सारीले बताउनुभयो ।
घुस्की र बसन्तपुर सडकखण्डमा कालोपत्रे कार्य जारी रहेको छ भने भुटाहा बसमतिया सडकखण्ड अन्र्तगत रामनगर भुटाहा देखी बसन्तपुर सिसुवा सम्म र नहरदेखी घुस्कीसम्म कालोपत्रेको कार्य सम्पन्न गरेको जनाएको छ । गाउँपालिकामा विगतदेखी जिर्ण, हिलो र धुलो हुने बाटोदेखी मिचिएको सडकसम्मको जिर्णद्धार गरी कालोपत्रे गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया