सिंहदरबारमा रुखको हाँगाले लाग्दा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको मृत्यु
५ जेष्ठ २०७९, बिहीबार १५:३५
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको सिंहदरबारस्थित कार्यालयमा हावाहुरीका कारण रुखबाट हाँगा भाँचिएर लाग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विभागमा सूचक पदमा कार्यरत २७ वर्षीय कर्मचारी विजय कार्की छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार बुधबार साँझ ७:४५ बजे कार्यालय परिसरमा रुखको हाँगा खस्दा उनी गम्भीर घाइते भएका थिए ।
उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया