देवानगञ्ज गाउपालिका अध्यक्षमा बेचन प्रसाद मेहता विजयी
४ जेष्ठ २०७९, बुधबार ११:५०
सुनसरीको देवानगञ्ज गाउपालिका अध्यक्षमा बेचन प्रसाद मेहता विजयी हुनुभएको छ । जनता समाजवादी पार्टीका उम्मेदवार मेहता भारी मतले विजयी हुनुभएको हो । मेहताले नेपाली काग्रेंसका उम्मेदबार श्यामलाल मेहतालाई मत अन्तरले पराजीत गर्दै विजयी हुनुभएको हो ।
सीमावर्ती देवानगञ्ज गाउँपालिकामा निर्वाचित बेचन मेहता को हो हुन ?
बुवा श्री मुंगालाल महतो र आमा स्व.लालमाया देवी मेहताको कोखबाट मिति ः२०२५÷११÷०५ गतेको दिन साविक कप्तानगञ्ज गाविसमा जन्मीनुभएका मेहताले उमेर पुगेपछि जातिय संस्कार अनुसार श्रीमति सावित्री देवी मेहतासंग बैबाहिक बन्धनमा बाधिनुभएको थियो । विवाह पछि दुई छोरा ओमप्रकाश मेहता र विद्यासागर मेहताका बुबा बन्नुभएका मेहताले राजनीतिकमा निकै सकृय हुनुभएको थियो । नेपाली काग्रेंसबाट राजनीतिक सुरु गरेको भएपनि २०६२।०६३ को जनआन्दोलन र २०६३ सालको मधेस आन्दोलन पछि उद्य भएको मधेसी जनअधिकार फोरममा सकृय राजनीतिकमा रहनुभएका मेहताले १४ वर्षपछि स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएको छ ।
बि.एडसम्मको शिक्षा पाउनुभएका मेहताले राजनीतिमा सकृयता भने २०४६ साल देखि रहदै आउनुभएको छ । उहाँ पहिले मधेस समर्थक दल मधेसी जनअधिकार फोरमका नेता र वुवा मुगालाल मेहता २०६४ सालको पहिलो संविधान सभामा निवाचित भएपछि थप सकृयताका साथ राजनीतिकमा आउनुभयो । बाल्यकाल सुनसरी जिल्लाको सीमावर्ती कप्तानगञ्जमा बित्यो । अहिले त्यो ठाउँ सुनसरीको देवानगञ्ज गाउँपालिका ३ मा पर्छ ।
राजनीतिक पाइला
लोकप्रिय नेता मेहताको राजनीतिक पाइला चाहिँ वि.सं. २०४६ सालतिरै अघि बढेको हो । त्यतिबेला प्रजातान्त्रीक आन्दोलनको उभारले ढपक्कै छोपेको थियो । त्यतिबेला काग्रेंस समूहमा संलग्न भए । त्यसरी उत्प्रेरित गर्न तत्त्व चाहिँ गरीब र विपन्न वर्गलाई उठाउनु पर्छ भन्ने चेतना थियो । वि.सं. २०४६ सालमा उहाँ नेपाली कांग्रेसको आह्वानमा भएको सत्याग्रहमा परोक्ष रुपमा सामेल हुनुभयो ।
मधेसको कुरा
वि.सं. २०६३ सालमा उहाँले मधेसी जनअधिकार फोरममा क्रियाशील हुनुभयो । वि.सं. २०६३ माघ १ गते अन्तरिम संविधान बन्यो । त्यसको भोलिपल्ट काठमाडौंको माइतीघर मण्डलामा नेता उपेन्द्र यादवको नेतृत्वमा अन्तरिम संविधान जलाईयो । सरकारले यादवलाई गिरफ्तार ग¥यो । हनुमानढोकामा लगेर थुन्यो । लोकतन्त्रमा समेत उहाँलाई देशद्रोहको मुद्दा चलाउन खोजियो । मधेस आन्दोलन तीव्र भएकाले र्सार्वजनिक अपराधको मुद्दा लगाउने प्रयत्न भयो । तर, मधेस आन्दोलन झन प्रचण्ड भएपछि त्यत्तिकै सेलायो । त्यस बेलामा सुनसरीको दक्षिणवर्ती क्षेत्रबाट मधेस आन्दोलनकै आलोकमा नेताका रूपमा मेहता वुबा मुगालाल मेहतासगैं स्थापित हुनुभयो । मधेस आन्दोलनले नै मधेसी जनअधिकार फोरम मजबुत बन्यो । पछि निर्वाचन आयोगमा दर्ता भएपछि राजनीतिक शक्तिका रूपमा उदायो । संविधानसभा निर्वाचनसम्म फोरम दलका रूपमा दर्ता भयो । अनि निर्वाचनमा मधेसी–पहाडी सबैको पार्टी बन्र सफल भयो । अहिले देशमा चौथो ठूलो पार्टीका रूपमा रहेको छ ।
सोहीबाटबाट गौरवका साथ निर्वाचित भएकोमा मेहता खुसी व्यक्त गर्नुहुन्छ ।
दुई वडामा एमालेको जित ः चार वटामा जसपा , एउटामा काग्रेंस
सुनसरीको देवानगञ्नाज गाउपालिका वडा नम्बर २ मा नेकपा एमालको जगनरायण मेहता निर्वाचित हुनुभएको छ । अध्यक्षमा मेहताले निवर्तमान वडा अध्यक्ष नेपाली काग्रेंसका मजलुम मियाँलाई भारी मतान्तरले पराजीत गर्दै विजयी हुनुभएको हो । एमाले र कागेंस तथा जनता समाजवादी पार्टीका उम्मेदवारका बीचमा प्रतिस्प्रधा थियो । त्यसमा मेहताले भारी मतले विजयी हासिल गर्नुभएको छ । देवानगंज गाउँपालिका २ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निवर्तमान अधयक्ष मजलुम मियाँ अंसारीलाई तीन सय बढी मत अन्तरले पराजित गर्दै मेहता निर्वाचित हुनुभएको छ । नेपाली कांग्रसेको गढ मानिएको देवानगञ्ज २ मा पहिलो पटक एमालेले लाल किल्ला गाडेको हो । मियाँको कार्यशैलीबाट वाक्क दिक्क भएका नागरिकले हराउनका लागि मतदान गरेको थियो । यस गाउँपालिकामा ४ वटा वडामा जनता समाजवादी पार्टी, दुई वटामा नेकपा एमाले निर्वाचित भएको छ भने एउटा वडामा सान्तवना स्वरुप नेपाली काग्रेंसले जित हासील गरेको छ । नेपाली कांग्रेसको हरियो किल्ला समाप्त भएको स्थानियहरुले बताएका छन । यहाँ छाताको छत्रछाया र सूर्यको ताप सहित लाल किल्ला हुदाँ सान्तवना स्वरुप एउटा वडामा नेपाली काग्रेंसले जित हासील गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया