देवानगञ्ज गाउँपालिकामा जसपा अगाडी, ७ नम्बर वडा पनि जसपाकै कब्जामा जाने सम्भावना उच्च – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिकामा जसपा अगाडी, ७ नम्बर वडा पनि जसपाकै कब्जामा जाने सम्भावना उच्च

सुनसरीको सीमावर्ती देवनागञ्ज गाउँपालिकामा हालसम्म मतगणना जारी रहेको छ । यहाँको सात वटा वडामा १५१४० मत गणना भएको र केहीमा गणना जारी रहेको छ । यो समाचार तयार पार्दासम्म अध्यक्षमा गाउँपालिका अध्यक्षका लागि जनता समाजवादी पार्टीका बेचन मेहताले ५८१२ मत सहित अग्रता दिनुभएको छ भने नेपाली काग्रेसका श्यामलाल मेहता ५०९४ मत सहित पच्छयाईरहनुभएको छ । यहाँको उपाध्यक्षमा पनि जसपाकी आशमनीकुमारी यादवले ५१५१ मत सहित अग्रता लिनुभएको छ भने काग्रेसकी कुमारी विभा यादव ४८९७ मत सहित पच्छयाईरहनुभएको छ । देवानगञ्ज २ मा भने वडाअध्यक्षमा नेकपा एमालेका जगनारायण मेहता १९८ले अग्रता लिनुभएको छ भने जसपाका कृष्णवल्लभ मेहता १७१ र निवर्तमान वडा अध्यक्ष समेत रहेका काग्रेंसका मजलुम मियाँले १६१ मत पाउनुभएको छ । यो वडामा ६०० मतगणना गरिएको छ । उता देवनागञ्ज ७ काग्रेसको गढमा जसपाले अग्रता लिएको छ । यस वडामा वडाअध्यक्षका लागि २१०८ मतगणना हुदाँ जसपाका सुर्यनारायण यादव १११० र निवर्तमान वडा अध्यक्ष समेत रहेका काग्रेंसका बद्री यादव ७१२ मत पाउनुभएको छ ।
अहिलेसम्म निर्वाचित र अग्रता ः
वडा नम्बर १ ः नेपाली कांग्रेस निर्वाचित
वडा नम्बर ५ ः नेकपा एमाले निर्वाचित
वडा नम्बर ७ ः जसपा अग्रता
वडा नम्बर २ ः नेकपा एमाले अग्रता
वडा नम्बर ४ ः जसपा निर्वाचित
वडा नम्बर ६ ः जसपा निर्वाचित

वडा नम्बर ३ ः जसपा निर्वाचित